Comments Add Comment

बी डिभिजन लिग : सातदोबाटो र मध्यपुरको जित

२८ माघ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिगतामा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एसोसिएसनले जित हात पारेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले श्री कुमारी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । दीपेश गुरुङले खेलको २१ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, ५३ मिनेटमा राजन पुनले गोल गर्दै सातदोबाटोलाई दोब्बर अग्रता दिलाएका थिए । श्री कुमारीका सुविज्ञ रेग्मीले अतिरिक्त समयमा गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए पनि सातदोबाटोलाई रोक्न भने सकेनन् ।

अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गरेको छ ।

बी डिभिजनको विजेताले नगद आठ लाखसहित ट्रफी हात पार्ने छ । त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख नगद प्राप्त गर्ने छ । त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment