Comments Add Comment

अख्तियारका कारण आतंक सिर्जना भएको छ : मुख्यमन्त्री पौडेल

२८ माघ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण आतंक सिर्जना भएको बताएका छन् ।

हेटौंडामा अख्तियारको २८ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले सरकारले लिएको समृद्धिको नारामा अख्तियारको कारण समस्या आएको भन्दै यसलाई आतंकको रुपमा लैजान नहुने बताए ।

आतंकका कारण समृद्धिका लागि दौडने काममा विश्राम सिर्जना हुने अवस्था आएको भन्दै समयानुकुल काम गर्दै अघि बढ्नु पर्ने मुख्यमन्त्री पौडेलले बताए । उनले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा नछोड्ने भन्दै यसमा गल्ती भयो भनेर माफी नपाइने पनि जिकिर गरे । ‘सरकार प्रमुख हुँ, यहाँ सबै कुरा मान्य हुन्छ, बाहेक भ्रष्टाचार’ उनले भने ।

केवल आर्थिक लेनदेन मात्र नभई भ्रष्टाचार हरेक क्षेत्रमा रहेको भन्दै उनले कार्यालय समयमा नआउने र विद्यालयमा अध्यापन समयमा उपस्थित नहुनु पनि भ्रष्टाचार भएको दावी गरे ।

६ महिनामा ३ सय मुद्धा फर्छ्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कुल मुद्दामध्ये ६ महिनामा ३ सय २९ वटा फर्छ्यौट भएको छ । २८ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा ६ सय ७६ मुद्धामध्ये ३ सय २९ फर्छ्यौट भएको जानकारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment