Comments Add Comment

लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस पारित

Photo Credit : File Picture

२८ माघ, काठमाडौं । लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस पारित भएको छ । सोमबार बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा अठारौं वार्षिक साधारणसभाले ८.५० प्रतिशत बोनस पारित गरेको हो ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ८ अर्ब ९२ करोड पुगेको छ ।

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न शेयर तथा डिबेन्चर अन्डरराइट गर्ने लगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आ.व. २०७४÷७५मा रु ६५.५६अर्ब निक्षेप र रु ६२.६५अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ८१ अरब रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्ब १८ करोडखुद मुनाफाआर्जन गर्न सफलभएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment