Comments Add Comment

थाइल्याण्डको प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारी खारेज

२८ माघ, काठमाडौं । थाइल्याण्डको निर्वाचन आयोगले प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी राजकुमारी उबोरत्ना माहिडोलको उम्मेदवारी खारेज गरेको छ ।

राजा महा वाजिरालोङकर्नले उनको उम्मेवारी अनुपयुक्त भनेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।

निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री पदका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ, जसमा राजकुमारीको नाम समावेश छैन ।

‘राजपरिवारका सदस्य राजनीतिभन्दा माथि हुनुपर्छ, त्यसैले कुनै पनि राजनीतिक पद लिन सक्दैन’ आयोगले भनेको छ । ६७ वर्षकी राजुकमारीले थाई रक्षा चार्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । यसअघि राजा वाजिरालोङकर्नले पनि राष्ट्रिय टेलिभिजनमार्फत राजपरिवारका सदस्यले राजनीतिक पदमा दिएको उम्मेदवारी अनुपयुक्त भएको टिप्पणी गरेका थिए ।

राजकुमारी उबोरत्नाको उम्मेदवारीले राजपरिवार राजनीतिभन्दा माथि रहने परम्परा तोडिने विश्वास थियो । थाइल्याण्डमा सन् १९३२ देखि संवैधानिक राजतन्त्र छ, तर त्यहाँको सेनामा राजपरिवारको प्रभाव र कमाण्ड रहेको छ ।

राजकुमारी उबोरत्नाले सन् १९७२ मा अमेरिकी नागरिकसँग विहे गरेपछि राजपरिवारको सदस्यता त्यागेकी थिइन् । तर सम्बन्धविच्छेदपछि सन् १९९० मा राजपरिवारमा फेरि सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment