Comments Add Comment

भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याउने वृद्धको निधन

२८ माघ, हेटौंडा । त्रिभुवन राजपथ निर्माण हुनु भन्दाअघि मकवानपुरको भीमफेदीवाट गाडी बोकेर काठमाडौ पु¥याउने एक जिउदो इतिहासको अन्त्य भएको छ ।

दमका रोगी ९३ वर्षीय जुक्तबहादुर वाइवाको सोमवार विहान घरमै निधन भएको हो । उनलाई उपचार गर्न माघ १० गते काठमाडौं लगिएको थियो । उपचारपश्चात शनिबार घर ल्याइएको थियो । दमको रोगी उनलाई उपचार पछि कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भएको स्थानीय समाजसेवी चमेली वाइवाले बताइन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–५ तसरका जुक्तबहादुर गाडी वोक्न छाडेपछि गाउँमा धामीझाँक्रीको काम गरेर बसेका थिए । धामीझाक्री भएपनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइवा’ भन्ने गरेको चमेली वाइवाले बताइन् ।

वाइवा नयाँपुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिवेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवित पात्र थिए ।

वाइवाले भीमफेदीवाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका हुन । २०१२ सालसम्म वाइवाले गाडी बोकेका थिए । त्यसपछि उनले गाडी बोक्ने अवसर पाएनन् । विक्रम संव्त २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी छिराउने परम्परा छुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment