Comments Add Comment

ध्यानः बेचैनी र उदासी हटाउने सर्वोत्तम विधि

आज हामी स्थिर छैनौं । हाम्रो मन चञ्चल छ । बेचैन छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ । हामी भित्र-भित्रै इष्र्य, चिन्ता, डर, उदासीले छटपटाइरहेका छौं ।

हामी आफ्नो भविष्य सोचेर भयभित छौं । हामी आफ्नो विगत सम्झेर पछुतोमा छौं । भनौं, हामी अशान्त, अधैर्य छौं ।

त्यही कारण त हामीलाई अनेकथरी रोगले च्याप्न थालेको छ । चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह सबै यीनै मानसिक विकारको उपज हुन् ।

आज हामी मनोचिकितसक, मनोवैज्ञानिक तथा मुटु रोग विशेषज्ञकहाा धाइरहेका छौं । त्यतिमात्र हैन, आर्थिक अभाव, सम्बन्धमा आएको खटपटका कारण पनि हामीमा चिन्ताको पारो बढेको छ ।

यस्तो तनावले हाम्रो मन र मस्तिष्कलाई प्रभावित पार्छ । मन र मस्तिष्क अस्वस्थ्य भएमा शरीरमा कयौ प्रकारको रोग निम्तने गर्छ ।

अध्ययनले जनाए अनुसार यस किसिमको अस्थिर मानसिकताले हाम्रो शरीर र मन दुबै रोगी बनाइदिन्छ । यसैको नतिजा हो, उच्च रक्तचाप, मधुमेह, मुटु रोग, सास प्रश्वास सम्बन्धि समस्या, पाचन प्रणालीको समस्या, मांसपेशी दुख्नु ।

भनिन्छ नि, बाहिरी सत्रुसाग लड्न सकिन्छ, आफैसाग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसाग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसाग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता, उदासीसाग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाा जाने ? भाग्नु कुनै समस्याको समाधान होइन ।

आफैभित्रको यी विकारसाग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधी सर्वोत्तम हो ।

ध्यान विधि

पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरु मन ध्यान तर्फ आकषिर्त हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मतिष्कलाई निकै फाइदा पुग्छ ।

जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।

यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्‍याउाछ जहाा भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूाको त्यूा रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आˆनो समस्या र दुखपिडाको बारेमा कुनै आभाष हुादैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार , सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई  सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि काबु पाउने गछौ । यही विद्यामार्फत हामी सुख, शान्ती तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौ । – सन्त राजिन्दर सिंह जी महाराजको व्लगबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment