Comments Add Comment

सुपरस्टारका फिल्म हेर्न नआएका दर्शक तान्ला त ‘गल्ली ब्वाई’ले ?

निकै आशा गरिएका र बिग बजेटका बलिउड फिल्महरु एकपछि अर्को चिप्लिए । बलिउडका बादशाह (शाहरुख खान), मिस्टर परफेक्शनिस्ट (आमिर खान), दबंग ब्वाई (सलमान खान) तीन खान नै बिकेनन् । दक्षिण भारतिय सुपरस्टार रजनीकान्तको समेत यसपाली केही जोर चलेन । यस हिसाबले बलिउडले यसपाली ऋणात्मक भार व्यहोर्नुपर्यो ।

तर, यसबीचमा केही यस्ता फिल्म पनि प्रदर्शनमा आए, जसले चुपचाप दर्शकको मन जित्यो । यस्तै लक्षण बोकेको चलचित्र हो, गल्ली ब्वाई ।

यो फिल्मको चर्चा गर्नुअघि रणवीर सिंहको कुरा गर्नुपर्ने हुन्छ । रणवीर बलिउडका एक यस्ता अभिनेता हुन्, जो अनेक भूमिकामा उत्तिकै शसक्त देखिएका छन् । उनको अभिनयको ताकतले बलिउडमा बर्चश्व जमाउँदै गएको छ ।

सञ्जयलीला भन्सालीको ‘पद्यावत’ पछि उनी रोहित शेट्टीको ‘सिम्बा’मा देखिए । पद्यावत यसै हिट हुने नै भयो, सिम्बा पनि हिट दरिए । सिम्बाले त नेपालबाटै निकै लोभलाग्दो व्यापार गर्‍यो ।

अब फर्कौं, गल्ली ब्वाईतर्फ । ट्रेलरबाट नै यो फिल्मले सानोतिनो तरंग पैदा गरिसकेको छ । आगमी शुक्रबारदेखि नेपालको हलहरुमा समेत गल्ली ब्वाई प्रदर्शनमा आउनेछ । यद्यपी त्यसअघि नै बर्लिन फिलम फेस्टिभलमा गली ब्वाईको ओपनिङ भएको छ ।

बर्लिन फिल्म फेस्टिभलमा नै गल्ली ब्वाईले राम्रो प्रतिक्रिया पाएको छ । आलिया र रणवीरको खुब प्रसंशा भएको छ । घतलाग्दो त के भने, बर्लिनमा चार मिनेटमै यो फिल्म हाउसफुल भएको थियो ।

फिल्म र्‍यापर डिवाइन र नाजीको असली कथामा आधारित छ ।

भारतमा फिल्मको म्युजिक एल्बम चार्टबस्टर भइसकेको छ । दर्शकहरु व्यग्रताका साथ फिल्म प्रदर्शनको मिति पर्खिरहेका छन् । फिल्म फेबु्रअरी १४ भ्यालेनटाइनको दिन अर्थात आगमी शुक्रबार सार्वजनिक हुँदैछ ।

बर्लिन फिल्म फेस्टिलपछि यो फिल्मका बारेमा दर्शकले दिएको प्रतिक्रिया निकै घतलाग्दो छ ।

युवाको लागि विशेष

स्क्रीनमा जसै ‘अपना टाईम आएगा’ बज्न सुरु भयो, सबै दर्शक त्यसमा लय र ताल मिलाउँदै ‘गल्ली ब्वाई इन बर्लिन’ भन्न थाले । यसबाट बुझ्न सकिन्छ कि, यो फिल्म युवाहरुको ढुकढुकी बन्नेछ ।

सपना, प्रेम र मेहनत

गल्ली ब्वाईको स्क्रीनिङका लागि यो भन्दा राम्रो माहौल अरु हुन सक्दैनथ्यो । पुरा कास्ट र दर्शकको भारी भिडका साथ । सीटि, तालि र स्यवासी । फिल्मका हरेक भूमिका जिवन्त लाग्नेछ । र, त्यो आफ्नै कथा लाग्नेछ । सपना, प्रेम र मेहनत ।

अति उत्कृष्ट

गल्ली ब्वाई, रणवीर सिंहको आजसम्मको सबैभन्दा बेस्ट पर्फमेन्स हो । शानदार म्युजिक, र्‍याप ब्याटलले दिमाग घुमाइदिन्छ ।

आलिया र एमसी शेख त उत्कृष्ट थिए । फिल्मको एडिटिङ थोरै अरु कसिलो हुनसक्थ्यो । कुल मिलाएर एक उत्कृष्ट फिल्म । ४ स्टार । आधा स्टार बढी, रणवीर सिंहका लागि ।

सबैभन्दा खास रिभ्यु

म गल्ली ब्वाईको बारेमा केही भन्न चाहन्छु । बर्लिनमा बर्षमा ४ सय फिल्म प्रदर्शन हुन्छ । म हरेक एडिशनमा ३० देखि ३५ फिल्म हेर्छु । मैले गल्ली ब्वाई छनौट गरे, किनकी यो भारतको फिल्म थियो । र, उसले पछिल्लो केही समयपछि शानदार फिल्म बनाइरहेको छ । मेरो लागि यो फिल्म कुनै उपहार बराबर भयो ।

तीन दिनसम्म थियो मनाही

म गल्ली ब्वाईको बारेमा तीन दिनदेखि भन्न चाहिरकेको थिएँ । गल्ली ब्वाई एक शानदार फिल् हो र जोय अख्तरका लागि यो कुनै उपलब्धीभन्दा कम छैन । रणवीर सिंहले आफ्नो करियरको बेस्ट पर्फमेन्स दिएका छन् । शानदार सपोर्टिङ कास्ट छ । र, जिवन्त संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment