Comments Add Comment

टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

२८ माघ, काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा हालै पुनर्निर्माण गरी हस्तान्तरण गरिएको शारदा उच्च माध्यमिक विद्यालयको हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरीको प्रमुको आतिथ्यतामा आयोजित कार्यक्रममा विभालय भवन हस्तान्तरण गरिउको हो ।

“नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना” को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको श्रीशारदा उच्च माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको छ ।

गत अप्रिल २०१५को भूकम्पद्वारा सो विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।

सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वी. एस. तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेश प्रसाद गिरी तथा उपाध्यक्षसौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख सुश्री अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक श्री ताम लाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरिवेक्षक, डिएलपीआईयु प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment