Comments Add Comment

२ अर्ब ५३ करोडको ट्रेजरी बिल आज

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल आज मंगलबार जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले सोमबार नै बोलकवोल गराइसकेको छ । सोमबार ३ बजे बोलकवोल भएर आज मंगलबार जारी हुने ट्रेजरी ०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।

यसअघि राष्ट्र बैंकले माघ २१ गते ५ अर्ब १६ करोड रुपैयाँको ट्रजरी बिल जारी गरेको थियो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ ।

ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment