Comments Add Comment

विद्यार्थीमाझ ‘दि ब्रेकअप’ टिम

चलचित्र ‘दि ब्रेकअप’को प्रचारका लागि अहिले यसको निर्माणपक्षले दौडधुप गरिरहेको छ । फागूणको १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीत र ट्रेलरले दर्शकमाझ अपेक्षाकृत साथ नपाएको अवस्थामा प्रचारमा विशेष ध्यान दिन पनि आवश्यक देखिएको छ । यही कुरालाई मध्यनजर राख्दै यो चलचित्रको निर्माण टिम विद्यार्थीमाथि पुगेको छ । पुल्चोक इन्जिनियरिङ कलेजमा रहेका विद्यार्थीमाझ पुगेर चलचित्रका कलाकारले प्रचारप्रसार गरेका छन् ।

श्रीपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा नायक आशिरमान देशराज, रेमनदास श्रेष्ठ र नव–नायिका इच्छा कार्की स्टेजमा देखिए । आशिरमानले प्रेम दिवसलाई लक्षित गर्दै प्रेम र ब्रेकअपको कुरा गरेका थिए । निर्देशक हेमराज वीसी सहितको टिमले चलचित्रमा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा नृत्य पनि गरेको थियो । आशिरमानसँग विद्यार्थीहरु सेल्फी र अटोग्राफमा पनि रमाएका थिए ।

आशिरमानले यूवापुस्तालाई लक्षित गरेर यो चलचित्र बनाएको बताए । माया गर्नेका लागि यो चलचित्र विशेष खुराक भएको आशिरमानले बताए । रुपक थापा, दीपक खतिवडा र रेनु राणाको लगानीमा बनेको चलचित्रमा शिल्पा मास्के, सरोज खनाल मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment