Comments Add Comment

सलमान र साहरुखमा प्रतिस्पर्धा कम मित्रता बढी

बलिउडमा नायकद्धय सलमान खान र साहरुख खानको चर्चा निकै चलिरहेको हुन्छ । कतिपयले त उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धी बताउँछन् । तर, उनीहरु भने आफू एक–अर्काको मिल्ने साथी भएको बताउँछन् । उनीहरुको मित्रता पछिल्लो समय उनीहरुले गरेको क्रियाकलापले पनि दर्शाइरहेको छ ।

पछिल्लो समय सलमानले शाहरुखको चलचित्र ‘जिरो’मा केमियो भूमिका गरेका थिए । चलचित्रको एक गीतमा साहरुखसँगै सलमानले पनि नृत्य प्रस्तुत गरेका थिए । उक्त गीतको भिडियोमा देखिएको साहरुख र सलमानको केमेष्ट्रि पनि गज्जब थियो ।

साहरुख र सलमानले सच्चा साथी भएको प्रमाण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले पनि बताइरहेको छ । उक्त भिडियोमा साहरुख र सलमान अंकमाल गरेर उनीहरु अभिनित चलचित्र ‘करण अर्जुन’को एक दृष्य हेरिरहेका छन् ।

सलमानले साहरुखलाई धेरै पटक सहयोग पनि गरेका छन् । साहरुख र काजल अभिनित चलचित्र ‘दिलवाले’लाई सलमानले रिलिजको पहिलो दिन नै निकै राम्रो चलचित्र बनेको र यस चलचित्र ब्लकबस्टर व्यापार गर्ने बताएका थिए । आखिर चलचित्र निकै सफल पनि भयो । यस चलचित्रका लागि सलमानले धेरै प्रोत्साहन पनि दिएका थिए ।

त्यस्तै, साहरुखको अर्को चलचित्र ‘डीडीएलजी’को पहिलो दर्शक सलमान नै थिए । सलमानले प्रोडक्सन भइरहेको ठाँउमा पुगेर चलचित्र हेरेका थिए । सलमान–साहरुखको आग्रहमा चलचित्र हेर्न त्यहाँ पुगेका थिए । यो पनि उनीहरुको दोस्तीको उदाहरण हो ।

सलमान र साहरुखले ‘करण अर्जुन, कुछ कुछ होता है र हम तुम्हारे हे सनम’ जस्ता सफल चलचित्र बलिउडमा दिएका छन् । उनीहरु अहिले पुनः पर्दामा एकसाथ देखिन रुची भएको बताउँदै पनि आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment