Comments Add Comment

पोखरा र तनहुँका विद्यार्थीलाई वित्तीय साक्षरता

२९ माघ, काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मावि, एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।

मेरिट पोखराका सदस्यद्धय स्वीकृती अधिकारी र अनुषा बरालद्धारा सञ्चालित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसंग सम्बन्धित बिबिध विषयमा प्रकाश पारेको बताइएको छ ।

सो अवसरमा बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा,बचत लगायत बिषयमा पनि बिधार्थीहरुलाई स्पष्ट पारिएको थियो ।

यसैगरी बैंकले खैरेनीटार मावि तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका माझ पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलका प्रधानाध्यापक केशव राज घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका बिबिध बिषयमा जानकारी गराउदै बिधार्थीहरुलाई सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment