Comments Add Comment

विपिनको स्विकारोक्तीः ‘गोपी’ असफल भयो, जिम्मेवारी लिन्छु’

नायक विपिन कार्कीले चलचित्र ‘गोपी’ असफलताको जिम्मेवारी लिएका छन् । विपिन यो चलचित्रमा अन्तिम समयमा आएर जोडिएका थिए । ३ घन्टामै कथा पढेको र आफूलाई मन परेको विपिनको भनाई थियो । तर, चलचित्रले सुखद व्यापार गर्न नसकेपछि विपिनले यसको असफलताको जिम्मेवारी लिएका हुन् ।

चलचित्र ‘परी’को घोषणा सभामा पत्रकारले सोधेको प्रश्नमा विपिनले भने–‘हामीले अपेक्षा गरेअनुसार चलचित्र नचलेको पक्का हो । यो म पनि मान्न तयार छु । म चलचित्रको मुख्य कलाकार भएको नाताले असफलताको जिम्मेवारी लिन्छु । कलाकार भैसकेपछि आफ्नो चलचित्रको सफलता र असफलता स्विकार गर्न तयार हुनुपर्छ ।’

विपिन कार्कीलाई गाइपालक कृषकको भूमिकामा प्रस्तुत गरिएको यो चलचित्र माघ १८ गतेबाट रिलिज भएको थियो । तर, चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । बलिउडमा ‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि नायक आमिर खानले यसको असफलताको जिम्मेवारी लिएका थिए । तर, नेपालमा कलाकारले चलचित्र चल्दा आफ्नो पारिश्रमिक समेत बढाउने, तर चलचित्र नचल्दा त्यसको जिम्मेवारी लिन पनि तयार नहुने प्रथा कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment