Comments Add Comment

सुदूरपश्चिममा तीनवटा प्रादेशिक महोत्सव

२९ माघ, डोटी । विगत वर्षहरुमा दुई पटकसम्म हुने सुदूरपश्चिम महोत्सव यसबर्ष तीन पटक लाग्ने भएको छ । प्रत्येक बर्ष सुदूरपश्चिम महोत्सवका नामले कैलालीको धनगढी र डोटीको दिपायलमा गरी दुई महोत्सव हुँदै आएका थिए । यस बर्ष दिपायलमा थप एउटा महोत्सव हुने भएको छ ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा धनगढीमा माघ २२ गते सुरु भएको सुदूरपश्मि महोत्सव आउँदो बिहीबारसम्म चल्नेछ । यस्तै डोटी उद्योग बाणिज्य संघले आयोजना गरेको अर्को सुदूरपश्चिम महोत्सव माघ २५ गते सुरु भएको छ । यो फागुन ५ गतेसम्म चल्नेछ ।

यी दुई प्रादेशिक महोत्सवको समाप्तिपछि फागुन १७ गते देखि २७ गतेसम्म अर्को महोत्सव हुनेछ । जसको आयोजक हो, डोटी चेम्बर अफ कमर्स ।

प्रादेशिक महोत्सवमा पञ्जाबी भांगडा

डोटी चेम्बर अफ कमर्सले दिपायलमा गर्ने महोत्सवमा भारतको पञ्जाबी भांगडा नाँच प्रर्दशन हुने भएको छ ।

भारतका पञ्जाब, लखनउ, हरियाणा, दिल्ली, हिमाञ्चललगायतका क्षेत्रमा चर्चित मानिएको उक्त नाँच देखाउने तयारी भएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिएका छन् ।

अध्यक्ष साउदले भांगडा नाचका लागि पञ्जाबी भांगडा टोलीसंग सम्झौता भएको बताए । महोत्सव तथा खप्तड भम्रण गर्नका लागि भारतका बिभिन्न शहरहरुबाट दुई सय भन्दा बढी भारतीय पर्यटकहरु अवलोकनका लागि आउने अध्यक्ष साउदले बताए ।

भांगडा नाच देखाउन द ग्लोवल इनिष्टच्यूट अफ इन्फरमेसन टेक्नोलोजी भारतका प्रतिनिधि बीबी भण्डारीसंग सम्झौता भएको चेम्बर अफ कमर्सका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment