Comments Add Comment

बेनिशाको फेरिएको गेटअप

नायिका बेनिशा हमाल थोरै चलचित्र तर केही फरक भूमिका गर्ने मुडमा सधै देखिन्छिन् । यसैले उनलाई चलचित्र क्षेत्रमा चल्न नसकेको आरोप पनि लाग्दै आएको छ । हुनत, बक्स अफिसमा उनका चलचित्रले खासै राम्रो कमाई त गरेका छैनन् । तर, उनको भूमिकालाई पनि प्रशंसा गरिएको छ । २० दिनमै छायांकन सकिएको चलचित्र ‘घर’मा पनि उनले आफ्नो गेटअपलाई केही परिवर्तन गरेकी छिन् ।

बेनिशाले आफ्नो कपालको रंग परिवर्तन गरेकी छिन् । जसकाकारण, उनको गेटअप केही भिन्न देखिएको छ । बेनिशाले कपालको रंग परिवर्तन गर्नुको कारण चलचित्र हेरिसकेपछि दर्शकले आफै थाहा पाउने बताइन् । सधै ग्ल्यामर अवतारमा देखिने बेनिशाले यसपटक आफूलाई कस्तो भूमिकामा देखाउँदैछिन्, यसको प्रतिक्षा दर्शकलाई हुने नै छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment