Comments Add Comment

कतार एयरवेजद्वारा प्रिमियम कम्प्यानियन अफर सार्वजनिक

२९ माघ, काठमाडाैं । कतार एयरवेजले यात्रुहरुलाई आफ्ना परिवारजन तथा साथीभाइहरुसँग यात्रा गर्दा कति फलदायी हुन्छ भन्ने अनुभव गराउने उद्देश्यले हालै आफ्नो नयाँ प्रिमियम अफर ल्याएको छ ।

अब कतार एयरवेजका ग्राहकहरुले यस विशेष प्रवद्र्धनको अवधिमा दुई वा बढी यात्रुहरुका लागि बुकिङ गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

यो योजना ११ डिसेम्बर २०१९ सम्मका यात्राको लागि ११–१८ फेब्रुअरी २०१९ अवधिमा बुकिङ गरिने कतार एयरवेजका फर्स्ट क्लास एवं बिजनेस क्लासका टिकटहरुमा लागू गरिएको छ ।

यस अवधिमा बुकिङ गर्ने यात्रुहरुले २० प्रतिशतसम्मको छुट प्राप्त गर्नुको साथै फर्स्ट क्लास एवं बिजनेस क्लासका बुकिङमा डबल क्यूमाइल्स् एवं क्यूप्वाइन्ट्स पनि प्राप्त गर्न सक्नेछन् ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी इहाब अमिनले भने, ‘यात्रा अझ रमणीय हुन्छ जब हामीसँगै हाम्रा परिवारजन वा इष्टमित्रहरु पनि हुन्छन् र अब कतार एयरवेजको कम्प्यानियन अफरको लाभ उठाई यात्रुहरुले उक्त अनुभवलाई अझ उत्कृष्ट बनाउन सक्नेछन् ।’

उनले थपे, ‘यस अद्वितीय प्रवद्र्धनले हामी हाम्रा यात्रुहरुलाई सँगै यात्रा गर्दाको विशेष अनुभूति अनुभव गराउन प्रोत्साहित गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment