Comments Add Comment

कर्मचारी समायोजन विधेयक संसदीय समितिमा

२९ माघ, काठमाण्डौं । कर्मचारी समायोजनसम्बन्धी विधेयक दफवार छलफलका लागि प्रतिनिधिसभाले संसदीय समितिमा पठाएको छ ।

सरकारले कर्मचारी समायोजन अध्यादेशलाई प्रतिस्थापन गर्न कर्मचारी समायोन ऐन ल्याउन लागेको हो । संविधानअनुसार अध्यादेश ल्याएको ६० दिनभित्र नयाँ ऐनले प्रतिस्थापन गरिसक्नुपर्नेछ । अन्यथा उक्त विधेयक स्वत: निष्क्रिय हुनेछ ।

संविधानको धारा ११४ को उपधारा १ मा राष्ट्रपतिद्वारा जारी कर्मचारी समायोजन अध्यादेश संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको ६० दिनभित्र स्वीकृत गरी त्यसलाई प्रतिस्थापन गर्ने विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

पुस ११ मा संघीय संसदको तेस्रो अधिवेशको पहिलो बैठक बसेको थियो । त्यसअनुसार पहिलो बैठक बसेको मितिले ६० दिन भित्र अर्थात आगामी फागुन ११ गते भित्र कर्मचारी समायोजन विधेयक दुबै सदनबाट पारित गरिसक्नुपर्ने हुन्छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले उक्त विधेयक आगामी ११ गते भित्रै दुवै सदनबाट पारित हुने बताए । ‘सम्बन्धित समितिले २ गते नै बैठक बोलाइसकेको छ । संभवत ३ गते नै प्रतिनिधि सभामा समितिले विधेयक लैजान्छ’, उनले भने, ‘समितिले समयको पावन्दी बुझेर काम गर्छ भन्ने हो ।’

प्रतिनिधि सभाले पास गरेर राष्ट्रिय सभामा पठाउनेछ । राष्ट्रिय सभाले पास गरेपछि कर्मचारी समायोजन अध्यादेश प्रमाणीकारणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । यी सबै प्रकृया आगामी ११ गतेसम्म सक्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment