Comments Add Comment

सानिमा बैंक र दक्षिण कोरियाको भीपी इन्कबीच रेमिट्यान्स सम्झौता

२९ माघ, काठमाडौं । सानिमा बैंक लिमिटेड र भीपी इन्कबीच दक्षिण कोरिया-नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ ।

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भीपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरी १० हजार भन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।

दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसले यूएई, मलेसिया, कतार, यूके, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरीबाट रेमिट्यान्स सेवाका साथै आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ । सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटीएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment