Comments Add Comment

स्प्राईटको ब्राण्ड एम्बेस्डर बने अभिनेता अनमोल केसी

२९ माघ, काठमाडौं । पेय पदार्थ ब्राण्ड स्प्राईटले अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ ।  यो कदम नेपाली कलाकारहरुलाई प्रवर्द्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता भएको कम्पनी बताउँछ ।

आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्ने कम्पनीको विश्वास छ ।

ब्राण्ड एम्बेस्डर नियुक्त गर्दै कोका-कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले अनमोलसँग सहकार्य गर्न पाउँदा उत्साहित बनेको बताए ।

‘स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ’, उनले भने ।
अभिनतो केसीले पनि स्प्राईटसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment