Comments Add Comment

मुख्यमन्त्रीको गुनासो – काम गर्ने वातावरण बनेन

प्रदेश ३ सरकारको एक वर्ष :

२९ माघ, हेटौंडा । प्रदेश ३ मा सरकार गठन भको एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले काम गर्ने वातावरण सिर्जना नगरेको गुनासो गरेका छन् ।

केन्द्र सरकारले बाटो नबनाइदिँदा केही समस्या भएको भन्दै चाँडो बाटो बनाइदिए काम गर्न सजिलो हुने बताए । सरकार गठन भएको एक वर्ष भए पनि गत मंसिरबाट मात्रै काम गर्न पाएको भन्दै मुख्यमन्त्री पौडेलले सार्वजानिक खरिद ऐनले रोक्दा देखिने गरी काम नभएको जिकिर गरे ।

सार्वजानिक खरिद ऐन परिमार्जन नभएसम्म समृद्धिको सपना केवल सपना मात्र हुने भन्दै मुख्यमन्त्री पौडेलले केन्द्र सरकारले ऐनको संशोधन नगरेसम्म विकासको काम अघि नबढ्ने बताए ।

ऐनले एउटा विकासको काम गर्नका लागि झण्डै ९ महिना बिभिन्न बहानामा अड्काएको भन्दै उनले थपे ‘काम गर्ने वातावरण बनेको ५ महिना भयो, अब ९ महिना त ऐनको कारण काम रोकिन्छ कसरी देखिन्छ प्रदेशको काम ? उनले प्रश्न गरे ।

अहिलेसम्म गरेको काममा आफू सन्तुष्ट रहेको भन्दै मुख्यमन्त्री पौडेलले बच्चालाई हिड् मात्र भनेर नहुने भन्दै अघि भने, ‘हिँड्नका लागि बाटो चाहिन्छ, हामीले बाटो आफैले बनाएका छौं, झाडी फाँडेर गोरेटोलाई फराकिलो पारेर हिँड्दैछौं । अहिलेको हिँडाइमा कसैले प्रश्न उठाउने ठाउँ छैन ।’

मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीको विषय केन्द्रीय तहमा टुंगिएपछिमात्रै प्रदेशस्तरमा टुंगिने बताए । टुंग्याउने बताएका छन् ।

सबैले बुझ्दा भो राजधानी हेटौंडा नै हो : नेता बानियाँ

कार्यक्रममा प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र जान्छ कि भन्ने संकोच नराख्न सबैलाई आग्रह गरे । ‘सांसद,मन्त्री र कर्मचारी सबैको मनमा रहेको राजधानी अन्यत्र जाने धारणा अहिलेबाट त्यगौं, राजधानी हेटौंडाबाहेक अन्यत्र जादैन’ उनले भने ।

नेता बानियाँले प्रदेश सरकारले बजेट खर्चमा ध्यान दिनुपर्ने पनि बताए । उनले प्रदेश सरकारले गौरवको रुपमा राखेको सुरुङमार्ग, मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, घुम्न जाऔं दामनसहितका कार्यक्रमलाई अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment