Comments Add Comment

दिदीबहिनी कपको उपाधिका लागि न्युडायमण्ड र एपीएफ भिड्ने

२९ माघ, काठमाडौं । दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्युडायमन्ड र एपीएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ ।
पर्बतको कुश्मा बजारमा सम्पन्न सेमिफाइनल खेलमा न्युडायमण्डले आर्मीमाथी ३–२ को सेटमा र एपिएफले पुलिसलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
आर्मीले न्युडायमण्डमाथि पहिलो र दोस्रो सेट २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेटमा चुक्यो । न्युडायमन्डले उत्कृष्ट पुनरागमन गदै तेस्रोदेखि पाँचौ सेट २५–१८, २५–२२ र १७–१५ ले आफ्नो पक्षमा उपाधि नजिक पुगेको हो । आर्मीले आजै गण्डकी प्रदेशलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा साविक बिजेता एपीएफले पुलिसलाई २५–१४, २५–१६ र २५–१८ को सहज जित निकाल्दै फाइनलमा पुगेको हो । न्युडायमण्ड र एपीएफबीच फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment