Comments Add Comment

उपेन्द्र यादवकी बुहारीको निधन, सप्तरीको एक स्थानीय तहमा विदा

सप्तरी, २९ माघ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको मंगलबार निधन भएको छ ।

क्यान्सर रोगको उपचार गराइरहेकी यादवको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उपेन्द्रका छोरा अमरेन्द्रसँग मनिषाको २०७२ सालमा विवाह भएको थियो । उनको निधनको शोकमा सप्तरीको एक स्थानीय तहले गाउँपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महादेवा गाउँपालिकाका अध्यक्ष दीपक यादवले जारी गरेको शोक सन्देशमा मृतकप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै फागुन १ गते बुधबारका दिन गाउँपालिका र वडा कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment