Comments Add Comment

ला लिगाका तीन खेल स्पेन बाहिर खेल्न बार्सिलोना तयार

काठमाडौं । बार्सिलोना अध्यक्ष जोसेप बार्टामेउले ला लिगाका तीन खेल स्पेन बाहिर खेलाउनुपर्ने बताएका छन् ।

बार्सिलोना गिरोनाविरुद्ध उसकै घरेलु मैदानमा खेल्नुपर्ने खेल मायामीमा खेल्न तयार भएपनि स्पेनिस फुटबल महासंघ र खेलाडी संगठनको विरोधका कारण हुन सकेन । ‘यदि हामी ला लिगालाई बलियो बनाउन चाहन्छौं भने यो खेलहरु खेल्नुपर्छ’ बार्टामेउले बीबीसी स्पोर्ट्ससँग भनेका छन् ।

उनकाअनुसार बार्सिलोनामा यसबारे कुराकानी भएको छ र ला लिगालाई अझ बलियो बनाउने हो भने तीन खेल स्पेन बाहिर खेलाउनुपर्छ । एक अमेरिका, एक मध्य पूर्व र अर्को एसियामा । ‘हामी समर्थकहरुको नजिक हुनुपर्छ’ उनले भने, ‘हामी जुन र अगष्टमा भ्रमणमा जान्छौं । यो उनीहरुप्रति सम्मान हो । मायामीमा जाने निर्णय पनि अमेरिकी समर्थकप्रति सम्मान हो ।’

ला लिगाले पनि अझै एक खेल देश बाहिर खेलाउने सोच रहेको बताएको छ । लिगका सञ्चार अधिकृत लोरिस इभरले भनेका छन्, ‘ला लिगालाई देश बाहिर लैजान हामी निरन्तर काम गरिरहेका छौं, जति सकिन्छ छिटो गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment