Comments Add Comment

८० मुलुकमा एनआरएनएको सञ्जाल, माल्टामा खुल्यो युरोपको २८ औं शाखा

१ फागुन, स्पेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औं शाखा विस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो ।

योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ ।

मंगलबार माल्टाका गैरआवासीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

एनआरएनए युरोप क्षेत्रका संयोजक शिव कुमार बरुवालले युरोपमा नयाँ राष्ट्रिय समन्वय परिषद् थपिएको जानकारी दिए ।

लिम्वुको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा चयन भएका छन् भने महासचिवको जिम्मेवारी सन्देश केसीले पाएका छन् । सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः शंकर पोखरेल, सन्दिन पोखरेल र सरिता राई छानिएका छन्।

महिला संयोजकमा सुष्मा राई चुनिएकी छन् भने युवा संयोजकको जिम्मेवारी रोशन गिरीले पाएका छन् ।

सदस्यमा १७ जना चयन भएका छन् । सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, कुलचन्द्र गौतम र महेश्वर श्रेष्ठ सदस्यमा चयन भएका हुन् । त्यस्तै शंकर गुरुङ, मनीता सेढाइँ, निरज ढकाल, प्रदीप काफ्ले, शिवशंकर राय, अर्विन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याल पनि तदर्थ समितिको सदस्यमा मनोनित भएका छन् ।

माल्टामा कति नेपालीको बसोबास छ भन्ने यकिन तथ्यांक त छैन । तर, त्यहाँ करिब ४ हजार नेपाली रहेको अनुमान छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद्, माल्टा गठनका लागि बेल्जियम, यूके, जर्मनीलगायतका मुलुकहरुबाट एनआरएन अभियन्ता तथा पत्रकार माल्टा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment