Comments Add Comment

विक्कीलाई लेडी फ्यानले दिइन् रुम नम्बर

बलिउड नायक बिक्की कौशल अहिले सर्वाधिक चर्चामा छन् । उनी अभिनित चलचित्र ‘उरी’ले राम्रो व्यापार गरिरहँदा उनको चर्चा पनि बढिरहेको छ । उनको क्रेज र स्टारडम सोसल मिडियामा देखिरहेको छ । बिक्की पनि सोसल मिडियामार्फत् आफ्नो फ्यानहरुसँग नजिक भइरहेका हुन्छन् ।

उनी अभिनित चलचित्रले भारतीय बक्स अफिसमा २ सय १७ करोड भन्दा बढी कमाइसकेको छ । हालै बिक्कीले एक अन्तर्वातामा आफ्नो सफल चलचित्रको बारेमा कुरा गरेका थिए । त्यहाँ उनले आफ्नो केही रमाइलो किस्साहरु पनि सुनाए । उनले त्यहाँ एक केटी फ्यानले आफ्नो रुम नम्बर दिएको समेत बताएका थिए । बिक्कीले बारमा भेटिएकी लेडी फ्यानले सेल्फी खिचेपछि आफ्नो रुम नम्बर दिएर गएको बताएका थिए ।

यसै कुरालाई लिएर उनले समाजिक संजालमा निकै ट्रोलहरु बनेका छन् । उनलाई सलमान खान भएको भन्नेहरुको जमात पनि राम्रै छ । यस्तैमा एक फ्यानले कमेन्ट गरेर सलमान खान नबन्न सुझाब दिएका छन् । उनले त्यहाँ लेखेका छन्, ‘सफल हुदैमा सलमान खान नबन्नु ।’ प्रायः प्रतिक्रियायाहरुमा जवाफ दिइरहेका बिक्कीले यस प्रतिक्रियामा भने कुनै जवाफ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment