Comments Add Comment

रोमान्टिक छु मा प्रियंका र भिजु

 

चर्चित गायक आशिष गौतम सचिनको चर्चा अहिले उत्कर्षमा छ । पिरिम नलाउने बोलको गीतले हंगामा पिटेसँगै आशिष र अञ्जु पन्तको स्वरमा रहेको गीत रोमान्टिक छु बोलको गीतको भिडियोले पनि राम्रो चर्चा र प्रतिक्रिया बटुलीरहेको छ । भिडियोमा चर्चित नायिका प्रियंका कार्कीको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको छ । जसमा नायिका कार्कीलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् ।

नृपेश उप्रेतीका शब्द शृजना समावेश गीतमा संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन् ।

पिरिम नलाउने बोलको गीतलाई करिब ३ करोड दर्शकले माया दिएसँगै उत्साहित बनेका गायक आशिषले सार्वजनिक गरेको डान्सिगं गीतलाई आफ्ना दर्शकले अत्यधिक रुचाउनेमा उनी विश्वस्त छन् । जुन गीतमा नायिका कार्की अत्यन्तै खुलेर गरेको नृत्यले राम्रो चर्चा पाइरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment