Comments Add Comment

नार्कले पाएन कृषि वैज्ञानिक, १८० दरवन्दी रिक्त

१ फागुन, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ ।  आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आहृवान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो ।

गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको नार्कले जनाएको छ ।

नार्कका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले एकातिर यी विषय अध्ययन गरेका विद्यार्थीको कमी र अर्कातिर अध्ययन गरेकाले पनि नार्कको सेवाप्रति आकषिर्त नहुँदा विभिन्न उपसमूहमा आवेदन नपरेको जानकारी दिए ।

कृषिका क्षेत्रमा नयाँ अध्ययन र अनुसन्धान गर्ने संस्थामा जनशक्ति रिक्त भएका ठाउँमा पूर्ति नभएपछि कार्यक्रम प्रभावित हुने सम्भावना बढेको उनले बताए ।

उनले भने, ‘नार्कको सेवाप्रति किन युवा वैज्ञानिक आकषिर्त हुन सकेको छैनन्, यसतर्फ अध्ययन र अनुसन्धान गरी सोही अनुरुपको कार्यक्रम तथा योजना ल्याउनुपर्ने खाँचो छ ।’

कूल चार सय छ वैज्ञानिकको दरबन्दी रहेको नार्कमा अहिले २२५ कार्यरत छन् । कृषि वैज्ञानिकलाई आकषिर्त गर्ने योजना नार्कले नबनाउँदा समस्या अझै थपिने उनले बताए ।

उनले भने, ‘कृषि वैज्ञानिक जाने क्रम नरोकिने र नयाँ पनि नआउने हो भने अध्ययन अनुसन्धानमा ठूलो बाधा पुग्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment