Comments Add Comment

सिन्धुलीगढी पुनर्निर्माणका लागि स्पेनका गैरआवासीय नेपालीको ३ लाख सहयोग

बार्सिलोना। सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माणका लागि स्पेनका गैरआवासीय नेपालीहरुले तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

सिन्धुलीगढी टाक्सफोर्स टिमका सदस्य द्वय मुक्तबहादुर गुरुङ र सन्तोष श्रेष्ठको पहलमा स्पेमा उठेको रकम हालै काठमाडौस्थित एनआरएन कार्यलयमा हस्तान्तरण गरिएको हो। स्पेनका समाजसेबी दावाऋषी श्रेष्ठ मार्फत रकम बुझाइएको हो ।

बहुचर्चित नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्दै गत डिसेम्बरमा अर्थ संकलन गरिएको थियो । जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनर्स्थापना गर्ने उद्देश्य एनआरएनएले राखेको छ।

एनआरएनए आईससी सदस्य समेत रहेका गुरुङले चलचित्रबाट मनोरञ्जन मात्र नभई एनआरएनको सिन्धुलीगढी पुनर्निर्माण अभियानमा समेत सहयोग पुगेकोमा खुशी ब्यक्त गरे ।

सिन्धुलीगढी टाक्सफोर्स टिमका सदस्य श्रेष्ठले स्पेनबाट हरेक कामका लागि सहयोग पुर्‍याउँदै आएकोमा स्मरण गर्दै यस अभियानका लागि जुट्ने नेपाली समुदायप्रति आभार प्रकट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment