Comments Add Comment

शोधानान्तर स्थिति ६३ अर्ब घाटामा

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले रुपैयाँले घाटामा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा रहेको शोधानान्तर बढेर चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६३ अर्ब ६८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बेंकले जनाएको छ ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ६ करोड ५६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५५ करोड ९५ लाखले घाटामा रहेको छ ।

यसैगरी समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.९७ अर्ब ७८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा ९५ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment