Comments Add Comment

विदेशी विनिमय सञ्चिति घट्यो

Photo Credit : प्रतिकात्मक तस्वीर/अमेरिकी डलर

१ फागुन, काठमाडौं । मुलुकको केन्द्रीय बैंक तथा अन्य बैंकहरुमा रहेको विदेशी विनिमय सञ्चिति घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा गिरावट आएको जानकारी दिएको हो ।

पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५८ अर्ब २० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । यस अघि गत २०७५ असार मसान्तमा भने ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७५ पुस मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ पुस मसान्तमा ९ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये आफूसँग पुस मसान्तमा ९ खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ रहेको रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग गत असार मसान्तमा यस्तो सञ्चिति ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ पुस मसान्तमा १३८ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ ।

२०७५ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment