Comments Add Comment

हाम्रो नेपाली किबोर्डमा प्रेम दिवसका लागि नयाँ स्टिकर

हाम्रो नेपाली किबोर्डले पूरा गर्‍यो  ५० लाख डाउनलोड

१ फागुन, काठमाडौं । प्रेम दिवसको अवसरमा हाम्रो नेपाली किवोर्ढ एपले प्रेम अभिव्यक्त गर्ने विभिन्न स्टिकरहरु सार्वजनिक गरेको छ । यसले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु स्टिकर मार्फत पठाउन सहज हुने हाम्रो नेपाली किबोर्डले जनाएको छ ।

थपिएका नया स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमी तथा प्रेमका अन्य चल्तीका शब्द समेटिएका छन् ।

हाम्रो नेपाली किबोर्ड ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बनेको छ । यसअघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रो एप ५० लाख डाउनलोड भएको थियो, अहिले हाम्रो नेपाली किबोर्डले पनि ५० लाख डाउनलोड भएको हो ।

नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment