Comments Add Comment

घरेलु रक्सी सेवनले ज्यानै खतरामा !

हामीलाई थाहा नभएको कुरा होइन, रक्सी पिउनु स्वास्थ्यका लागि लाभदायक छैन । रक्सी खराब पेय हो भन्ने जान्दा जान्दै पनि हामी रक्सी पिउँछौं । उदेगलाग्दो त के भने, कसरी रक्सीले स्वास्थ्यलाई कम हानी गर्छ वा रक्सी पिइसकेपछि कसरी त्यसको ह्यागओभरबाट उम्कने भनेर हामी अनेक उपाय खोज्छौं । तर, रक्सी छाड्ने हिम्मत भने जुटाउँदैनौ ।

रक्सीप्रतिको आशक्ति भयानक छ । रक्सी चाहे सामान्य होस् वा ब्रान्डेड, घरेलु होस् वा विदेशी, पिउनका लागि योग्य पेय होइन । यद्यपी तुलनात्मक रुपमा हेर्दा रक्सीको प्रकार, स्तर आदिले स्वास्थ्यमा पार्ने प्रभाव पनि फरक हुन्छ ।

हामीकहाँ घरेलु वा लोकल रक्सी खाएर मान्छे मरेको घटना पनि बेलाबखत आउने गर्छ । खासगरी तराई जिल्लाहरुमा रक्सी सेवनले मान्छे मरेको खबर सुनिन्छ । कुन अवस्थामा, कसरी रक्सी यति विषालु हुन्छ ?

यस सन्दर्भमा बीबीसी हिन्दी अनलाइनले प्रकासित गरेको सामाग्रीको भावनुवाद यहाँ पेश  गरिएको छ ।

रक्सी कसरी विषालु ?

रक्सी विभिन्न प्रकारका हुन्छन् । कतिपय रक्सी स्वदेशी हुन्छन् भने कतिपय विदेशी । स्वदेशमै उत्पादन हुने रक्सी पनि विभिन्न प्रकाको हुन्छ । जसमध्ये लोकल रक्सी पनि एक हो ।

लोकल रक्सीको सेवनले कयौ मानिसको मृत्यु हुने गरेको घटना बेलाबेलामा सुनिने गरेको छ । लोकल रक्सी बनाउने, बेच्ने र सेवन गर्ने कुरा नयाँ हैन । लोकल रक्सी सेवन गरेकै कारण मानिसहरुको मृत्यु भएको खबर धेरै पटक बाहिर आइसकेको छ ।

जब देखि लोकल रक्सी बनाउन सुरु गरियो, तब देखि नै यसमा मिलावट हुने क्रम जारी छ । यही मिसावटकै कारण पटक पटक मानिसहरुको मृत्यु भएको खबर पनि बाहिर आउने गरेको छ ।

लोकल रक्सीलाई बोलीचालीको भाषामा ‘कच्चा रक्सी’ पनि भनिन्छ । यसको रसायनिक वास्तविकता साधारण छ ।

यसलाई अत्याधिक मात्रामा मादक बनाउने क्रममा नै यो विषाशु हुन पुग्छ । सामान्यतया यस्ता रक्सी गुड तथा शीराबाट तयार पारिन्छ । शीरा एक प्रकारको तरल पदार्थ हो , जुन उखुको रस वा चुकन्दरबाट शक्कर बनाउँदा सह उत्पादनको रुपमा प्राप्त हुन्छ ।  यो हेर्दामा मह जस्तो देखिन्छ ।

यस्ता रक्सी तयार पार्दा  यसमा यूरिया तथा बेलको पत्ता हाल्ने गरिन्छ ताकि यसको नशा तिव्र र टिकाउ होस् ।

मिथाइल अल्कोहलको प्रयोग

रक्सीलाई अत्याधिक मादक बनाउन यसमा अक्सिटोनिक मिलाइन्छ, जुन मृत्युको कारक बन्छ ।

पछिल्लो जानकारी अनुसार अक्सिटोनिकले नपुंसकता तथा नर्भस सिस्टमसँग सम्बन्धित कयौ तरीकाको गम्भीर विरामी हुने गर्छ । यसको सेवनले आँखा पोल्ने, पेट पोल्ने गर्छ । यहाँ सम्मकी आँखाको ज्योती गुम्न सक्छ ।

काँचो रक्सीमा यूरिया तया अक्सिटोनिक जस्ता केमिकल पदार्थ मिसाएमा यो मिथाइक अल्कोहलका रुपमा परिणत हुन्छ, जसको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ ।

वैज्ञानिकहरुका अनुसार मिथाइल शरीर पुग्नासाथ यसको केमिकल रियाक्सन तिव्र गतिमा हुन्छ, जसले गर्दा शरीरका भित्री अंगले काम गर्न बन्द गर्छ, र, आकस्मिक रुपमा मानिसको मृृत्यु हुन्छ ।

जब मिसावटमा असन्तुलन हुन्छ

केही व्यक्तिको शरीरमा रसायनिक प्रकि्रया सुस्त गतिमा हुन्छ, जसले गर्दा त्यस्ता व्यक्ति मृत्युको मुखबाट उम्कन सफल हुन्छन् । जुन रसायनिक तरल पदार्थलाई रक्सी भनेर विक्रीवितरण गरिन्छ, ९५ प्रतिशत उक्त रक्सी विशुद्ध रक्सी हो अर्थात विना मिसावटको । यसलाई एथेनल पनि भनिन्छ ।

यस्ता रक्सी उखुको रस, ग्लूकोज, शीरा, आलु, चामल , जौ, मकै जस्ता स्टार्जयुक्त चीजलाई फर्मेन्टेशन गरेर तयार पारिन्छ ।

यो एथेनललाई मादक तथा नशायुक्त बनाउने प्रलोभनमा विक्रीवितरण गर्नेले यसमा मेथनाल मिसाउने गर्छन् ।

र, यो विशालु तब हुन्छ जब यसमा प्रयोग गरिने ‘काष्ट अल्कोहल’, ‘काष्ठ नेˆथा’ नामक प्रसिद्ध मेथेनलको मिसावटमा सन्तुलन विग्रन्छ ।

  के हो मेथेनल ?

मेथेनल एक विषालु जीच हो । यो केमेस्ट्रीको दुनियाँमा सबैभन्दा सरल मदिरा हो । सामान्य तापमा यो तरल अवस्थामा हुन्छ । यसको प्रयोग फिजलाई चिसो बनाउन, घोल तयार पार्न तथा इन्धनको रुपमा हुन्छ ।

यो एक प्रकारको रङ्ग रहित ज्वलनशील तरल पदार्थ हो जसको गन्ध एथेनल जस्तै हुन्छ ।

यो विशालु भएकै कारण यसको सेवन कुनै हालतमा पनि गर्नु हुँदैन । किनकी यसको सेवनले मानिसको मृत्यु हुनसक्छ । आँखाको ज्योती गुम्न सक्छ ।

उद्योगहरुमा एथेनलको प्रयोग व्यापक रुपमा हुन्छ । विशेषगरी पालिश, औषधीको घोल, ईथर, क्लोरोर्फम, कृतिम रंग, पारदर्शी साबुन, परफ्यूम लगायतका अन्य केमिकल कम्पाउण्ड बनाउनमा यसको प्रयोग हुन्छ ।

यो विभिन्न किमिमको रक्सी, व्याक्टेरिया किलरको रुपमा घाउ पखाल्न तथा प्रयोगशालाहरुमा साल्वेन्टको रुपमा पनि प्रयोग हुने गर्दछ ।

कसरी हुन्छ मृत्यु ?

डा. अजीत श्रीवास्तवका अनुसार सामान्यतया, एथाइल अल्कोहललाई सामान्य रक्सी भन्ने गरिन्छ । जबकी मिथाइल अल्कोहललाई विषालु रक्सी भनिन्छ । कुनै पनि रक्सी शरीरमा कलेजो मार्फत एल्डिहाईडमा बदलिन्छ । तर मिथाइल अल्कोहल फार्मेल्डाइड नामक विषमा बदलिन्छ । यो विषले सबैभन्दा धेरै आँखामा असर पार्छ । अन्धोपना यसको पहिलो लक्षण हो । कसैले अत्याधिक मात्रामा रक्सी पिएमा यसकै कारण शरीरमा फार्मिक नामक विषालु पदार्थ शरीरमा बन्न थाल्छ । र, यसले दिमागको काम गर्ने प्रकि्रयामा असर पुर्‍याउँछ ।

रमाइलो कुरा त के छ भने विषालु रक्सीको उपचार पनि रक्सी नै हो ।

डा. श्रीवास्तव भन्छन्, ‘मिथाइल अल्कोहलको उपचार भनेको इथाइल अल्कोहल हो । विशालु रक्सीको एन्टीडोटको रुपमा बजारमा ट्याबलेट्स पनि पाइन्छ ।तर भारतमा यसको उपलब्धता न्युन मात्रामा हुन्छ’ । बीबीसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment