Comments Add Comment

रणवीरले भनेः शाहरुख, सलमानसँग मलाई दाँज्न मिल्दैन

रणवीर सिंह, जसको चमक अहिले बलिउडका तीन खान भन्दा कम छैन । उनको विशेषता के भने, जति फिल्म गरेका छन्, अधिकांश हिट छ । र, हरेक फिल्ममा उनले आफुलाई फरक स्वरुपमा पेश गरेका छन् ।

बाजीराव होस् वा खिलजी वा त सिम्बा, रणवीर सिंह एक यस्ता अभिनेता हुन्, जो हरेक भूमिकामा निपूर्ण लाग्छन् । आफ्ना हरेक फिल्मबाट दर्शकको ढुकढुकी बन्न सफल रणवीर सिंह यसपाली ‘गल्ली ब्वाई’ बनेर पर्दामा देखापरेका छन् । यो फिल्मले सुरुवाती चरणमै सानोतिनो हंगामा मच्याइसकेको छ ।

अहिले उनलाई तीन खान, आमिर, शाहरुख र सलमानसँग तुलना गर्न थालिएको छ । यही सन्र्दभमा हालै एक भारतीय मिडयालाई अन्र्तवर्ता दिदै भनेका छन्, ‘शाहरुख, सलमान, आमिर, अजय देवगनको तुलनामा म केही पनि होइन । यी सुपरस्टार्सले २५-३० बर्षदेखि आफ्नो स्टारडम कायम राखेका छन् । यो एक अलग उपलब्धी हो । उनीहरुले बलिउड उद्योगलाई थुप्रै कुरा दिएका छन् । मलाई लाग्छ कि, यी महारथीले जुन उपलब्धी प्राप्त गरे, त्यो उपलब्धी अरु सायदैले प्राप्त गर्लान ।’

तपाईंले ब्याक टु ब्याक सुपरहिट फिल्म दिइरहनुभएको छ, भनिन्छ कि रणवीर सिंहको टाइम आयो । तपाईं के सोच्नुहुन्छ ?

म वस् यही सोच्दैछु कि राम्रो समय चलिरहेको छ । बर्षौदेखि मेहनत गरेको थिए, अब रंग चढ्न थालेको छ । हो, सन् २०१८ मेरो लागि शानदार छ । तर, जीवनमा मेरो फिलोसफी के रह्यो भने कर्म गर, फलको चिन्ता नगर । मेरो लागि यही नै सबैभन्दा ठूलो कुरा हो कि, मसँग राम्रो फिल्म छ ।

बिहान उठेर म फिल्मको सेटमा जान्छु र मलाई आफ्नो अभिनय हेर्ने मौका मिल्छ । मलाई माझिएका कलाकार, निर्देशकका साथ काम गर्ने मौका मिलेको छ, यो नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । एक्टर बनेको छु, मलाई अरु के चाहियो ?

तपाईलाई व्यक्तिगत स्तरमा कहिले लाग्यो कि अब मेरो समय आयो ?

सत्य भनौ भने मलाई फेम वा प्रशिद्धीको कुनै चाह छैन । मेरो समय आयो, मलाई यस्तो लाग्दैन । समय त आउनेवाला छ । बल्ल त सुरुवात हुँदैछ ।

जस्तो कि तपाईको फिल्मको गीत छ, अपना टाइम आएका । वास्तविक जीवमा कुनै व्यक्ति यो सोचेर सबै छाडी मुम्बई आउने गर्छन् । कति गाह्रो होला संघर्ष ?

हेर्नुहोस्, संघर्ष त एकदमै छ । धेरै नै मुश्किल छ बाहिरबाट आएर यहाँ केह गर्नका लागि । म बाहिरबाट आएको होइन । तर मैले पनि तीन, चार बर्ष संघर्ष गरें । त्यो समय मेरो लागि थोरै कमजोर थियो । म अमेरिकाबाट पढेर आएँ । मेरो फेमेली केही आर्थिक समस्याबाट गुजि्रएको थियो । त्यसबेला कुनै फिल्म पनि मिलेको थिएन । कोही नयाँ केटाको साथ काम गर्न चाहँदैनथे ।

तपाईंको फिल्म गल्ली ब्वाईमा संगीतको अंहम योगदान छ, तपाईं आफै म्युजिकलाई कति प्रेम गर्नुहुन्छ ?

मलाई म्युजिक एकदम मनपर्छ । म गाना गाउन सक्दिन । तर, थोरै र्‍याप गर्न सक्छु । गायकी धेरै अलग कलाकारिता हो । गल्ली ब्वाईमा मैले र्‍याप गरेको छु र गाना नम्बर वान भएको छ । म एकदम खुसी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment