Comments Add Comment

‘भारत’को क्लाइमेक्स खिच्न १० करोडको सेट

सलमान खान र कट्रिना कैफ स्टारर बलिउड चलचित्र ‘भारत’ को चर्चा अहिले निकै चलिरहेको छ । भारतमा सन् २०१९ को सबैभन्दा प्रतिक्षित चलचित्रको रुपमा यसलाई हेरिएको छ ।

आगामी इदमा रिलिज हुने यस चलचित्रलाई खासगरी सलमान खानका फ्यानहरुले पर्खिरहेका छन् किनकी यसअघिले उनले अभिनय गरेको फिल्म रेस ३ असफल भएको थियो । यस्तैमा, अर्को खबर बाहिरिएको छ । यस चलचित्रको क्लाइमेक्स खिच्नका लागि मात्रै १० करोडको सेट तयार पारिएको छ । मुम्बईको फिल्म सिटीमा यो सेट तयार पारिएको हो । यस सेटले दिल्लीको दृष्य देखाउने बताइएको छ ।

‘भारत’ हिन्दी भाषामा मात्र नभएर अन्य तीन भाषामा डबिङ गरी रिलिज गर्ने तयारी भइरहेको छ । चलचित्रलाई तामिल, तलेगु र मलयालम भाषामा पनि डबिङ गरी एकै समय रिलिज गर्न लागिएको हो । चलचित्रको डबिङको लागि उल्लेखित भाषा जान्ने कलाकारहरुको खोजी भइरहेको समेत भारततिय मिडियाले उल्लेख गरेका छन् ।

अहिले सलमान क्लाइमेक्स सुटका लागि मुम्बाईमा नै रुम लिएर बसेका छन् । सलमानले यस चलचित्रको क्लाइमेक्सका लागि निकै मेहनत गरिरहेका छन् । चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment