Comments Add Comment

बिराटनगरमा खुल्याे टाटा मोटर्सको नयाँ शोरुम

१ फागुन, काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रालिले बुधबारदेखि शोरुम संचालनमा ल्याएको हो ।

३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम यस शहरकै ठूला शोरुमहरु मध्ये एक भएको र त्यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनी बताउँछ ।

शोरुमको उद्घाटनपछि टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले टाटा मोटर्सका लागि नेपाली बजार महत्पूर्ण मानिने गरेको बताए । विराटनगरमा शोरुम संचालनले कम्पनीका ग्राहकलाई थप सुविधा दिन सघाउ पुग्ने बताए ।

‘ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिंग र गोयल अटोको नेतृत्वमा यस शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं’, उनले भने ।

उद्घाटन समारोहमा बोल्दै सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एसजेबी राणाले गोयल अटोसँगको साझेदारीले ग्राहकमाझ टाटा मोटर्सको पहुच सहज बनाएको बताए । यसले सेवा, सुविधा थप सुदृढ हुदै जाने उनको विश्वास छ ।

आधुनिक शोरुम संगै टाटाका विभिन्न आकर्षक मोडेलका कारहरु – नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्रिवितरण गर्न पाउदा ग्राहकहरु अझै लाभान्वित हुनेकुरामा आफू विश्वस्त रहेको उनले बताए ।

गोयल अटोका व्यवस्थापकीय प्रमुख स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउँदा आफू खुशी भएको बताए ।

त्यसैगरी गोयल अटोका प्रोपराइटर हनुमान अग्रवालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृस्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ७ बजे सम्म खुल्ने कम्पनीले जनाएको छ । यस शोरुमसंगै देशभर टाटा मोटर्सका २२ वटा अन्य बिक्रि केन्ऽ र २५ वटा सर्विस सेन्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment