Comments Add Comment

एयरपोर्टमा विदेशबाट फर्किनेमाथि गरिएको कडाइप्रति रेखा थापाको असन्तुष्टि

१ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा यात्रुको सामान जाँचमा कडाइ गरेकोप्रति असन्तुष्टि जनाएकी छन् ।

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेर विदेशबाट फर्किदा नेपालीले ल्याउने आधारभूत सामान समेत विमानस्थलमा जफत भइरहेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।

सरकारको पछिल्लो कदमले श्रमिक युवामा मनोवैज्ञानिक तनाव सिर्जना भएको र मजदुरहरुको झोलाझिम्टी खानतलास गर्दै सामान जफत गर्दा त्यसले नकारात्मक प्रभाव परेको अभिनेत्री थापाले बताइन् ।

विदेशबाट फर्किएका नेपाली श्रमिकलाई सहज रुपमा घरायसी सामान ल्याउन दिन उनको मन्त्री विष्टलाई आग्रह गरेकी छन् ।

‘मजदुरको सामाजिक जीवनसँग सरोकार राख्ने सामान्य उपभोग्य सामग्रीसमेत मदिरा वा अन्य विलासिताको दर्जामा राखेर जफत गरिनुले सरकार र उक्त नियमबारे जनमानसमा सरकारको संवदेनशीलता र सहिष्णुता नभएको भान पर्न गएको छ’ मन्त्री विष्टलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अभिनेत्री थापाले विमानस्थलको भन्सारलाई श्रमिक र मजदुरमैत्री बनाउन पनि आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment