Comments Add Comment

आजका पत्रिका : महाकाली सन्धिबाट भारत पछि हट्यो

पत्रपत्रिकाले यसरी गरे ओली सरकारको मूल्यांकन

२ फागुन, काठमाडौं । महाकाली सन्धि भएको लगभग २४ वर्षपछि भारतले पञ्चेश्वर परियोजनाबाट पछि हट्ने संकेत दिएको छ । बिहीबार प्रकाशित केही पत्रपत्रिकाले पञ्चेश्वर परियोजना रद्द हुने सम्भावना औंल्याएका छन् ।

नयाँ पत्रिका दैनिकको आर्थिक पृष्ठमा ‘पञ्चेश्वर परियोजना रद्द हुने सम्भावना’ शीर्षकमा पुष्प कोइरालाले लेखेका छन्– ‘६ हजार ७ सय २० मेगावाटको परियोजना बनेपछि पश्चिमबाट सूर्य उदाउँछ भनिएको थियो, तर २४ वर्षपछि आयोजना आफैं अन्धकारमय भएको छ ।’

त्यसैगरी, कान्तिपुर दैनिकमा ‘पञ्चेश्वरको प्रारुप फेर्न प्रस्ताव’ शीर्षकमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले भारतका जलस्रोत तथा सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पञ्चेश्वर परियोजनाको प्रारुप फेर्न प्रस्ताव गरेको समाचार लेखेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले नयाँ दिल्लीबाट फर्केर बुधबार काठमाडौंमा गरेको पत्रकार सम्मलेनमा पनि भारतीय मन्त्रीको प्रस्तावको खुलासा भएको कान्तिपुरले लेखेको छ ।

ओली सरकारको मूल्यांकन

आज प्रकाशित प्रायः सबै दैनिक पत्रपत्रिकाले सरकारको एक वर्षे कार्यकालको मूल्यांकनलाई प्राथमिकता दिएका छन् । सरकारले बुधबार घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि आजको समाचारमा प्राथमिकता पाएको देखिन्छ ।

कारोबार दैनिकले पुँजीगत बजेट खर्च गर्न सरकार असफल भएको लेखेको छ । साथै कारोबारको सम्पादकीयमा प्रधानमन्त्री रोजगार कार्यक्रमका जोखिमहरुबारे लेखिएको छ ।

कान्तिपुर दैनिकले ओली सरकारसँग शक्ति दुईतिहाई भए पनि काम औसत भएको र अर्थतन्त्रक सूचकहरु नकारात्मक रहेको समाचार प्रकाशित गरेको छ भने नागरिक दैनिकले समृद्धि र सुख स्वैर कल्पनामात्रै भएको लेखेको छ ।

नयाँ पत्रिकाले फास्ट ट्रयाकमा सेनाको ठेक्का सम्बन्धी समाचारलाई मुख्य बनाएको छ ।

हेर्नुहोस् आजका पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment