Comments Add Comment

प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत

काठमाडौं । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ । स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् ।

उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ आफैंले लेखेका छन् । गीतमा गैरे सुरेशले संगीत दिएका छन् । संगीत संयोजन कोविद बज्रले गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment