Comments Add Comment

कालिका लघुवित्तका अध्यक्ष खाँडद्वारा सपथ ग्रहण

२ फागुन, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष कृष्ण खाँडले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बुधबार नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष खाँडले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संस्थाको ९ औं वाषिर्क साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएको थियो । २०७५ माघ १९ गते बसेको संचालक समितिको १६५ औं बैठकले संचालक खाँडलाई अध्यक्ष चयन गरेको थियो ।

संस्थाले २०७५ माघ मसान्त सम्ममा २५ जिल्लाका ७० वटा शाखा कार्यालय मार्फत करिब ३३ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । संस्थाले सदस्यहरुबाट ६१ करोड ६१ लाख निक्षेप संकलन सहित १अर्ब ६० करोड लगानी गरेको छ ।

सपथ ग्रहण कार्यक्रममा संस्थाका सर्वसाधारण शेयरधनी संचालक विश्वराज नेपाल, करुणा पोख्रेल, प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा राष्ट्र बैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment