Comments Add Comment

जलविद्युतमा लगानी गर्न सरकारले विपन्न वर्गलाई ऋण दिने

२ फागुन, काठमाडौं । सरकारले जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न बिपन्न वर्गलाई ऋण प्रदान गर्ने भएको छ । बिहीबार घोषणा हुन लागेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा बिपन्न बर्गलाई शेयर लगानी गर्नका लागि सरकारले ऋण दिने भनिएको छ ।

स्थानीय तहबाट विपन्न वर्ग भनेर सिफारिस भएर आएकालाई सहुलियत ब्याजमा ऋण दिने व्यवस्था उक्त कार्यक्रमको ७१ औं बुँदामा उल्लेख छ ।

‘सरकारको मापदण्डमा रही स्थानीय तहबाट विपन्न बर्ग भनी सिफारिश भइ आएका इच्छुक विपन्न वर्गका जनताको लागि बैंक र वित्तिय संस्थामार्फत विपन्न वर्ग कर्जा अन्तर्गत सहुलियत ब्याजदरमा ऋण प्रदान गरिनेछ,’ कार्यक्रमको ७३ औं बुँदामा भनिएको छ, ‘अधिकतम १०० (सय) कित्ता शेयर लगानी गर्नका लागि १० हजार रुपैयाँसम्म ऋण प्रदान गरिनेछ ।’

जलविधुतमा नेपालीकै लगानी बढाउन र सबैलाई सहभागी गराउन विपिन्न वर्गलाई केही विशेष व्यवस्था गरिएको उर्जा मन्त्रालयका एक अधिकारीले बताए ।

बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएवापत सरिकारले जमानत प्रदान गर्ने व्यवस्था पनि छ । ‘ऋण चुक्ता भएपछि सम्बन्धित शेयरधनीहरुको शेयर फुकुवा गर्ने व्यवस्था गरिएको छ,’ उक्त व्यवस्थामा थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment