Comments Add Comment

राजेश–मधुदेखि बर्षा–संजोगसम्म, जसको प्रेम बिहेमा बदलियो

नेपाली चलचित्रका कलाकारको प्रेम जीवन सुखद छैन । धेरैको त बैबाहिक जीवन पनि सुखद छैन । यसैले त चलचित्र क्षेत्रमा ब्रेकअप र डिभोर्सका खबर धेरै आउँछन् । प्रेम गरेर त्यसलाई बिबाहमा परिणत गर्न चलचित्र क्षेत्रको जोडीलाई सहज छैन । तर, धेरै जोडी यस्ता पनि छन्, जसले प्रेमलाई बिहेमा परिणत गरेका छन् ।

१. राजेश हमाल–मधु भट्टराईः केही म्यूजिक भिडियोमा मोडलिङ गरेकी मधु भट्टराइलाई नायक राजेश हमालले एक कार्यक्रममा निर्णायक हुँदा भेटेका थिए । सोही समयमा मधुसँग उनको मन साटिएको थियो । मधु र राजेशले करिब ७ बर्ष प्रेम गरे । प्रेममा रमाइरहँदा उनीहरुको लभ–लाइफ मिडियामा सार्वजनिक भएन । ७ बर्ष प्रेम गरेका उनीहरुले करिब ५ बर्ष अगाडि बिबाह गरेका थिए । बिबाहपछि नायक हमाल मधुसँगको घरयासी जीवनमा बढी व्यस्त छन् ।

२. निखिल उप्रेती–संचिता लुइटेलः नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको प्रेम चलचित्र ‘माया त माया हो’को छायांकन सेटमा भएको हो । निखिल र संचिता प्रेममा रहेपछि भागेर मुम्बई पुगे र उतै बिहे गरे । सो समयमा निखिलकी जेठी श्रीमती कोपिला नेपालमै थिइन् । संचितासँग करिब ५ बर्ष मुम्बइमा बसेर नेपाल आएका निखिल अहिले चलचित्र क्षेत्रमा सक्रिय छन् । निखिल र संचिताको प्रेम केही बर्ष चल्यो र उनीहरुले बिहे गरे । यी दुबैको यो दोश्रो बिहे थियो ।

३. सिताराम कट्टेल–कुञ्जना घिमिरेः हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको प्रेम जीवन पनि निकै सुखद रहेको पाइन्छ । सिरियलको छायांकनको समयदेखि नै एक अर्कालाई मन पराएको यो जोडीले केही बर्ष प्रेम गरेर बिहे गरेको हो । बिहे पश्चात यो जोडी समाजसेवामा बढी सक्रिय छ । उनीहरुले केही चलचित्रमा अभिनय र निर्माण गरेका छन् ।

४. बर्षा राउत–संजोग कोइरालाः चलचित्र क्षेत्रको अर्को लोभलाग्दो जोडीको रुपमा बर्षा राउत र संजोग कोइरालालाई पनि लिन सकिन्छ । संजोग र बर्षा एक चलचित्रको कार्यक्रममा भेटिएका थिए । यसपछि, उनीहरु एक अर्कासँग नजिक भएका हुन् । करिब ७ बर्ष प्रेम जीवनमा रमाएको यो जोडीले आज बिहे गर्दैछ । बर्षा र संगोगको प्रेम कहिले पनि मिडियासँग लुकेन ।

५. प्रियंका कार्की–आयुष्मान देशराजः नायक आयुष्मान देशराज र नायिका प्रियंका कार्कीको प्रेम जीवन भने रोमान्टिक छ । २ बर्ष अगाडि चलचित्र ‘कथा काठमाण्डु’को सेटबाट फक्रिएको प्रेम बिहेमा परिणत हुँदैछ । यो जोडीले असारमा बिहे गर्दैछ भने उनीहरुको इन्गेजमेन्ट पनि भैसकेको छ । आयुष्मान र प्रियंका प्रेमको यात्रामा रमाउँदै गर्दा ‘आयंका फाउन्डेशन’ पनि खोलिसकेका छन् ।

६. आर्यन सिग्देल र सपना भण्डारी: नायक आर्यन सिग्देलकी फ्यान थिइन् सपना भण्डारी । तर, उनै फ्यानसँग आर्यनले करिब ४ बर्ष प्रेम गरे । ४ बर्ष प्रेममा रमाएका आर्यन र सपनाले करिब ५ बर्ष अगाडि बिहे गरेका थिए । अब, उनीहरु सन्तान जन्माउने तयारीमा पनि छन् । आर्यन र सपनाको प्रेम जीवन पनि रोमान्टिक मानिन्छ ।

यी बाहेक अन्य थुप्रै जोडी छन्, जसले आफ्नो प्रेम जीवनलाई बिहेमा परिणत गरेका छन् । मुकेश ढकाल र मेलिना मानन्धरले पनि केही समय प्रेम गरेर बिहे गरेका थिए । नायिका विनिता बरालले भने अमेरिकामा रहेका तिलक पौडेलसँग केही बर्ष प्रेम गरेर केही हप्ता अगाडि मात्र इन्गेजमेन्ट गरेकी छिन् । बिहे गरेर प्रेम गर्ने नायिका रेजिना उप्रेती पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment