Comments Add Comment

एनआईसी एशिया बैंकले ल्यायाे ‘सेन्ड वान, गेट वान फ्रि’ योजना

२ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई एनआई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदानगर्ने आर्कषक योजना ‘सेन्ड वान गेट वान फ्रि’ सार्वजनिक गरेको छ ।

बैंकले यो योजना यही २०७५ साल फागुण र चैत्र दुई महिनाका लागि ल्याएको हो । यस अवधिमा बैंकका ग्राहक तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्नेछन्।

एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरु अझ बढि लाभान्वित हुने बैंकले जनाएको छ ।

एनआई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखाकार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ।

यो सुविधाबाट ग्राहकले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment