Comments Add Comment

यो हो दुनियाकै मोटो दम्पत्ति, दशक अघिको एउटा गल्तीले भयो यस्तो

काठमाडौं । मोटोपन कति हानिकारक हुन्छ भन्ने कुरा अमेरिकाको मिसौरीमा बस्ने यो दम्पत्तिलाई जति सायदै अरु कसैलाई थाहा होला । ४२ वर्षका ली र उनकी ३९ वर्षकी पत्नी रेनाको नाउँम्ाा विश्वकै सबैभन्दा मोटो दम्पत्तिको ताज छ । उनीहरुको वजन एउटा मिनी कार जत्तिकै रहेको छ ।

ली र रेनाको कहानी निकै रोचक छ । १० वर्षअघि उनीहरु आफ्नो वजन कम गर्नका लागि ठाउँ ठाउँमा डाक्टरकोमा धाइरहेका थिए । सोही क्रममा दुईजना बीच चिनाजानी भयो एउटा क्लिनिकमा । विस्तारै उनीहरुबीच प्रेम बस्यो । प्रेममा उनीहरु यति पागल बने की वजन घटाउने त्यो उपचार बिचमै छाडे । त्यहीँ गल्तीको सजायँ अहिले उनीहरुले भोगिरहेका छन् ।

वजन नियन्त्रण गर्ने उपचार पद्धति छाड्नेबित्तिकै उनीहरुको वजन तीव्र रुपमा बढ्न थाल्यो । दुवैको वजन कूल झण्डै ६ सय किलोसम्म पुग्यो । जसमा लीको वजन ३ सय २४ किलो र रेनाको वजन २४६ किलो पुग्यो । वजन बढेका कारण उनीहरु हिँडडुल पनि गर्न सक्न छाडे । उठबस गर्न पनि मुस्किल भयो ।

अहिले लीले ओछ्यानमै जिन्दगी काटिरहेका छन् र पत्नी रेनाको हालत पनि त्यसभन्दा खासै राम्रो छैन । ली र लेना दुवैको हेरचाहको जिम्मा लीकी बहिनीले गर्दै आएकी छिन् । हालै एक टेलिभिजन कार्यक्रममा ली र रेनाले आफ्नो कष्टकर जीवनका बारेमा बताएका छन् ।

आफ्नो जिउको ख्याल गर्न नसकेकोमा निकै पश्चाताप रहेको उनीहरु बताउँछन् । अब सर्जरीले मात्र उनीहरुको ज्यान बच्न सक्दछ । उनीहरुले सर्जरीको माध्यमबाट वजन घटाउने योजनामा पुनः लागेका छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment