Comments Add Comment

बुढासुब्बा गोल्डकप : आयोजक धरान फाइनलमा

काठमाडौं । २१ औं बुढासुब्बा गोल्डकपमा आयोजक धरान फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलममा धरानले संकटा क्लब काठमाडौंलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा धरानका वर्तमान राई, योगेस राई, मिलन राई र दोर्जे तामाङले गोल गरेका थिए भने हेमन्त थापा मगरको वल गोलकिपरले रोके । संकटाका अमित तामाङ, दिपेस आले मगर, लक्ष्मण रुचालले गोल गरे भने केड्कि आवा र सरोज दाहालको प्रहार धरानका गोल किपरले वचाउ गरे ।

म्यान अफ द म्याच उपाधि विजेता आयोजक धरानका गोलकिपर विनय श्रेष्ठले उत्कृष्ट पर्दशन गरेका थिए ।

भोलिको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस र क्यामरुनबीच हुनेछ ।

तस्वीरः विकास चाम्लिङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment