Comments Add Comment

नक्सालमा खुल्यो हुन्डाईको नयाँ शोरुम

२ फागुन, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ्ग-सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे ।

सो शोरुमबाट ग्राहकलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । गरिनेछ । नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको माग पूरा गर्नुको साथै पि्रमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य भएको कम्पनी बताउँछ ।

ग्राहकहरुका निम्ती उत्कृष्ट बिक्री सेवा अनुभव दिन नक्सालको नयाँ सोरुमले थप मद्दत गर्नेछ । यो चौंथो विक्री नेटवर्क काठमाडौंको मुटुमा अवस्थित भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार काठमाडौंको उत्तरी भागका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न सो सोरुम खोलिएको हो ।  यो शोरुमको डिजाइन हुण्डाईको न्यू ग्लोबल डिलरसिप स्पेश आईडेन्टिटी (जेडीएसआई) को निर्देशन अनुसार बनाइएको छ ।

जसमा ३ हजार २ सय स्क्वायर फिट गाडी डिस्प्ले एरिया र ६ हजार स्क्वायर फिटभन्दा बढी ग्राहक लाउन्ज, विक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष रहेको छ ।

विद्युतीय गाडीहरु चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरुको प्रश्ास्त पार्किङको पनि व्यवस्था गरिएको छ ।
यस शोरुमले नेपालको अटोमोटिभ उद्योगलाई उच्चतहमा पुर्‍याउन मद्दत गर्नेछ । हुन्डाईका गाडीहरु सधै नेपाली ग्राहकहरुको छनोटमा पर्दै आएको छ ।

आˆना ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभुति दिलाउन हुन्डाईले आˆनो विश्वसनियता कायम गर्दै उच्च गुणस्तरीय गाडीहरु उत्पादन गर्दै आएको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment