Comments Add Comment

लक्ष्मी बैंक र मत्स्य विज्ञान संकायबीच सम्झौता

२ फागुन, काठमाडौं । लक्ष्मी बैंक लिमिटेड तथा रामपुर कृषि तथा वन विज्ञान विश्व विद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले बोअर जातको बाख्रामा अनुसन्धान गरेका सहायक प्राध्यापक दवा छिरिङ्ग तामाङ्गलाई वित्तीय सहयोग प्रदान गरेको छ ।  आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा आएका नवीन सोच एवं नेतृत्वलाई सहयोग पुर्‍याएको बैंक बताउँछ ।

विभिन्न खोज तथा अनुसन्धानका गतिविधिहरुमा पुर्‍याएको सहयोगले नीति निर्माता, उद्यमीतथा समग्र समाजलाई नै विशेष लाभ पुग्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment