Comments Add Comment

आवरण स्किन एण्ड हेयरको सेवा अब दरबारमार्गबाट

२ फागुन, काठमाडौं । क्लिनिक स्थापनाको तीनवर्ष पूरा गर्दै काठमाडौंको दरबारमार्गमा सेवा विस्तार गरेको छ ।  बुधबार दरबारमार्गस्थित क्लिनिकमा रिबन काटेर उद्घाटन गरियो ।

सोही अवसरमा मिस नेपाल २००२ माल्भिका सुब्बालाई क्लिनिकको ब्रान्ड एम्बासडर नियुक्त गरिएको छ । साथै उक्त समारोहमा क्लिनिकको ब्राण्ड भिडियो पनि प्रदर्शन गरियो ।

उक्त स्थानमा क्लिनिकका साथै अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक्स, कस्मेस्युटिकल्सका साथै दरवारमार्गको पहिलो र एकमात्र फार्मेशीको रुपमा एसएनएज फार्मासिआ -छाला, पौष्टिक र स्वास्थ्य) को थालनी गरियो ।

त्यस्तै नेपालको पहिलो पौष्टिक हिसाबकिताबभएको रेस्टुरेन्ट क्यालोरिज क्याफे समेत सञ्चालनमा आएको छ ।

उक्त क्याफेमा हरेक खानामा कार्बोहाइडे्रट, प्रोटिन, फ्याट, टोटल क्यालोरिजको प्रमाणित डाइटिसियनबाट मापन गरिनुका साथै विभिन्नि शारिरीक अवस्थाका लागि मोटोपन घटाउने, बढाउने, ब्लडर प्रेसर, सुगर, गर्भवती, थाइराइड, मृर्गौला, कलेजो लगायत विभिन्न रोगका लागि उपयुक्त खाना तयार गर्नुका साथै परामर्श समेत प्रदान गर्ने उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment