Comments Add Comment

९ लाख रकमसहित चितवनबाट २३ जुवाडे पक्राउ

३ फागुन, चितवन । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो ।

नियन्त्रणमा लिइएकाहरु गोरखा, चितवन र तनहुँका भएको बताइएको छ ।

पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको जनाएका छन् । नियन्त्रणमा लिइएकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने चितवनका प्रहरी प्रमुख एसपी राठौरले जानकारी दिए ।

गएको तिहारमा पनि जुवा खेल्नेविरुद्ध चितवन प्रहरीले अप्रेशन चलाएको थियो । त्यसक्रममा १ सय २० पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment