Comments Add Comment

जलेको अवस्थामा धनुषामा बालिकाको शव फेला

३ फागुन, जनकपुर । धनुषाको मिथिला नगरपालिकामा जलेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको शव जलेको अवस्थामा फेला परेको हो ।

बुधबार राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment