Comments Add Comment

महिलाहरु किन मुटु रोगको जोखिममा ?

अध्ययनले देखाएको छ, मुटु सम्बन्धि रोगकै कारण २५ वर्ष नपुग्दै महिलाहरुको मृत्यु हुने गर्छ । क्यान्सरको कारणले जति महिलाको मृत्यु हुन्छ, त्यो भन्दा दुई गुणा वढी मृत्यु हृदय रोगको कारणले हुनेगर्छ ।

खासगरी रजोनिवृत्ति अर्थात मासिक श्राव रोकिए पश्चात्त यो रोगको जोखिम महिलाहरुलाई धेरै हुने गर्छ ।

महिलाहरुमा हृदयाघातको लक्षण र प्रारम्भिक हृदय रोगको संकेत कसरी थाहा हुन्छ त ?

महिलाहरुलाई हृदयाघातको लक्षण एक हप्ता तथा एक वर्ष अगाडि नै देखिन सक्छ । तर, उक्त लक्षण पहिचान गर्न नसक्दा उनीहरु अप्रत्यासित रुपमा यसको मारमा पर्छन् ।

अझ अहिले धुमपान तथा अत्याधिक मदिाराको सेवनका कारण पनि महिलाहरुमा हृदयाघातको जोखिम बढ्दो क्रममा छ ।

उनीहरुमा देखिने लक्षण पनि पूरुष सरह नै हुन्छ । पुरुषमा हृदयाघातको संकेत क्लासिक हुने गर्छ । क्लासिक लक्षण सहितको हृदयाघात भएमा छाती कडा हुने, हातमा पिडा हुने, सास लिनमा कठिनाई हुने, अत्याधिक पसिना आउने गर्छ ।

जबकी महिलाहरुमा वाकवाकी लाग्ने, थकान महसुस हुने, अपच हुने, चिन्ता हुने चक्कर आउने जस्ता थप लक्षण देखिन सक्छ ।

समयमा ध्यान दिने की ?

हृदयाघातको लक्षण समयमै पहिचान गरेर तथा तुरुन्तै उपचार सुरु गरेर ज्यान जानबाट बचाउन सकिन्छ । जबकी हृदयाघात भएका व्यक्ति  केही समय कुरेर मात्र चिकित्सक पुग्ने गर्छन् ।

जोखिम कारक पत्ता लगाउने की ?

हृदयाघातको जोखिम कारक पत्ता लगाएर पनि हृदयाघात हुनबाट बचाउन सकिन्छ । अन्य कारकमा वंशाणुगत कारण हुनसक्छ जसलाई चाहेर पनि हामी परिवर्तन गर्न सक्दैनौ ।

-यसको लागि सबैभन्दा पहिले महिलाहरुले चिकित्सकसित परामर्श गरी जोखिम कारक पत्ता लगाउनु पर्छ ।

-उच्च कोलेस्ट्रोललाई नियन्त्रण राख्न जीवनशैली सुधार्नुपर्छ ।

-उच्च रक्तचापलाई नियन्त्रण गरेर पनि हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।

-एस्ट्रोजनको प्रयोगले वृद्ध महिलामा हृदयाघातको जोखिम बढाउन सक्छ ।

जबकी एस्पिरिनको सेवनले कयौ महिलाहरुमा हृदयाघात तथा स्ट्रोकको जोखिम कम गर्न सकिन्छ ।

स्वस्थ जीवनको लागि राम्रो दिनचर्या अपनाउने

-मदिरापान तथा धुमपान नगर्ने

-नियमित व्यायाम गर्ने

-तौल नियन्त्रण गर्ने

-कोलेस्ट्रोल नियन्त्रण गर्ने । यसको लागि महिलाहरुले ओमेगा-३ फ्याटी एसिड सेवन गर्न सक्दछन् ।

मुटुलाई स्वस्थ राम्रो पोषणयुक्त आहार पनि महत्वपूर्ण मानिन्छ । यस्ता आहारको सेवनले हृदयाघातको जोखिम कम हुन्छ ।

मुटु रोगको जोखिम कम गर्ने आहार

-पर्याप्त मात्रामा फलफूल तथा हरिया सागसब्जीको सेवन ।

-माछामासुको सेवन

-भुटेको, तारेको तथा मसलेदार खानेकुरा कम खाने

-नुनको सेवन कम गर्ने

-वोसोयुक्त खानेकुरा खानबाट बच्ने ।

-पर्याप्त मात्रामा पनीर, क्रिम , अण्डा तथा पशु उत्पादनको सेवन गर्ने

-खाना पकाउँदा भेजिटेवल आयल तथा ओलिभ आयलको प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment